Century Times

दिल्लीका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने आम आदमी पार्टीको निर्णय

दिल्लीका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने आम आदमी पार्टीको निर्णय

भारतको आम आदमी पार्टीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ ।

भ्रष्टचारको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले केजरीवाललाई पक्राउ गरेपछि उनको पार्टी आम आदमीले हिरासतबाटै सरकार चलाउने बताएको एएफपीले जनाएको छ ।

यसअघि गएको महिना इडीले पक्राउ गरेपछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । यस्तै विगतमा लालु यादव र जयललिता ले मुख्यमन्त्री रहँदै पक्राउ पर्दा पदबाट राजीनामा दिएका थिए । तर, केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छैनन् ।

भ्रष्टाचार विरोधी आन्दोलनबाट राजनीतिमा उदाएका आम आदमी पार्टीका प्रमुख एवम् दिल्लीका मुख्यमन्त्री केजरीवाल भ्रष्टाचारकै आरोपमा पक्राउ परेका हुन् । सन् २०२१ मा जाँडरक्सी बिक्री वितरणको सम्बन्धमा नयाँ नीति ल्याएको र त्यस नीतिबाट दिल्ली सरकारले भ्रष्टाचार गरेको ईडीको आरोप छ ।

यसैबीच आम आदमी पार्टीले केजरीवालले कारागारबाट सरकार चलाउने कुरा गरेपछि कानूनी विशेषज्ञहरूले आपत्ति व्यक्त गरेका छन् । कानूनले कारागारबाट सरकारको नेतृत्व गर्न निषेध नगरेको भए पनि केजरीवालले कारागारबाट आफ्नो कर्तव्य निर्वाह गर्न विभिन्न कठिनाइको सामना गर्नुपर्ने कानूनबिद्हरुको भनाई छ ।

कारागारभित्र सबै समान हुने र कारागारको नियम सबैलाई समानरूपमा लागू हुने संवैधानिक विज्ञ पीडीटी आचार्यले बताउनुभएको एएफपीले जनाएको छ ।   

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »