Century Times

बरोडालाई २७ रनले हराउँदै नेपालको लगातार दोस्रो जित

बरोडालाई २७ रनले हराउँदै नेपालको लगातार दोस्रो जित

भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बराेडालाई २७ रनले हराएकाे छ ।

नेपालले दिएकाे १ सय ५७ रनकाे लक्ष्य पछ्याएकाे बराेडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्याे । बराेडका भानु पानियाले ३८, बाबा खानले २७ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ३ तथा साेमपाल कामी र अबिनाश बाेहराले समान २ विकेक लिए ।

यसअघि गुजरातकाे वापीमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायाे । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जाेराले २९ रन बनाए । बलिङतर्फ बराेडका बाबा खानले २ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलामा भाेलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नाे पहिलाे खेलमा गुजरातलाई ८ विकेटले हराएकाे थियाे । फाइनल खेल चैत २५ गते हुनेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »