दोस्रो जनकपुरधाम मेयरकप टि २० क्रिकेटको उपाधि बाराले जितेको छ ।
जनकपुरधामकोस्थित प्रस्तावित श्री राम जानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको रोचक प्रतिस्प्रधात्मक फाइनल खेलमा धनुषालाई ८ रनले हराउदै बारा दोस्रो मेयरको उपाधि जित्न सफल भएको छ ।
प्रतियोगिताको थालनी देखिनै उत्कृष्ट प्रदर्शन गर्दै आएको बारा टिम फाइनलमा धनुषालाई पुनः भेटेपछि प्रतिस्पर्धा रोचक हुने आंकलन गरिएकोमा सोहि किशिमको प्रतिस्पर्धा भएको थियो । टस जितेर धनुषाले क्षेत्ररक्षणको निर्णय गरेपछि पहिलो ब्याटिङ्ग गर्न आएको बारा टिम निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतीमा १ सय ३ रनको योगफल तयार पारेको थियो ।
१ सय ३ रनको मध्यम स्कोर पछयाउन मैदान उत्रेको धनुषा १९.४ ओभरमा सबै अलआउट हुदै मात्र ९५ रन बनाउन सक्यो ।
विजेता बारा टिम नगद २ लाख ५१ र उपबिजेता धनुषा नगद १ लाख ५१ ह्जार राशी सहित आकर्षक ट्रफी र मेडल सहित पुरस्कृत भएका छन् ।
दुवै टिमलाई संघिय सरकारका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ, मधेश प्रदेशकी खेलकुद मन्त्री सुरिता साह, प्रतिनिधीसभा सदस्य मनिष झा र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नगद राशी र ट्रफी सहित पुरस्कृत गरेका छन् ।