Century Times

हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ

हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ

आइएमई मनी ट्रान्सफरका लागि सिरहा बजारबाट विष्णुपुर लगिरहेको रकम एक व्यक्तिबाट हतियारधारी लुटेराले लुटेका छन् ।

स‍.९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित विष्णुपुर जाने क्रममा पुरुषोत्तम यादवलाई सिरहा नगरपालिका ८ मा भारतीय मोटरसाइकलमा रहेका दुई लुटेराले हतियार देखाएर रकम लुटेका हुन् । लुटेरा चढेको भारतीय मोटरसाइकलको नम्बर खुलेको छैन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले यादवबाट १५ लाख ५० हजार नगद, मोवाइल र बैंकको खाली चेक लुटेको जानकारी दिए । उनले लुटेरा भारततर्फ भाग्न सक्ने भन्दै सबै नाकामा चेकजाँचमा कडाई गरेको बताए ।

विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले मनी ट्रान्सफर संचालन गरेका छन् । सोही मनी ट्रान्सफरका लागि पुरुषोत्तमले बैंकबाट झिकेर रकम लग्दै थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »