Century Times

लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ कम हो। बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। यो‍ हालसम्मकै उच्च विन्दु हो।

महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदीको मूल्य भने यथावत छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ तोकिएको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »