Century Times

आइपीएल : राजस्थान रोयल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित

आइपीएल : राजस्थान रोयल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ । एक सय ४८ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । राजस्थानका यसस्वी जैसवालले सबैभन्दा धेरै ३९ रन बनाए । पन्जाबका कागिसो राबडा र साम कुरानले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । पञ्जावका अशुतोष शर्माले सबैभन्दा धेरै ३१ रन बनाए । राजस्थानका अभेस खान र केशव महाराजले २–२ विकेट लिए । ६ खेल खेलेको राजस्थान १० अङ्कका साथ शीर्षस्थामा छ ।

 ४ अङ्कसहित पन्जाब आठौँ स्थानमा छ । आइपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे मुम्बइ इण्डियन्स र चेन्नइ सुपर किंग्स खेल्दैछन् ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »