Century Times

१५ महिनामा आज चौथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

१५ महिनामा आज चौथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन्। यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको चौथो पटक हो।

Leave a reply

Your email address will not be published.

Translate »