Century Times

आफ्नै साथीको हत्यामा संलग्न आरोपमा फरार रहेका बैठा पक्राउ

आफ्नै साथीको हत्यामा संलग्न आरोपमा फरार रहेका बैठा पक्राउ

आफ्नै साथीको हत्यामा संलग्न अर्का एक भारतिय युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–८, गोरखकालीस्थित नेपाल–भारत सीमा दशगजा नजिकै लागिरहेको महाविष्णु महायज्ञ मेलामा घुमिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सितामढी सोनवर्षा थाना ग्राम पंचायत पुरनदहा राजवडा पश्चिम वडा नं. ५ बस्ने २७ वर्षीय रन्जित कुमार बैठा छन् ।

गएको साउन २५ गते बिहिवार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि भारतको सितामाढी जिल्ला मनियारी बस्ने २३ बर्षका गोलु भन्ने अभिशेक राजको काटिएको टाउको फेला परेको थियो । प्रहरीले सुचना जारी गरेपछि काटिएको टाउको उनको परिवारले पहिचान गरेको थियो । त्यसको दुई दिन पछि शनिबार साँझ गोलुको शरिर लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वपट्टिको जङ्गलमा फेला परेको थियो । स्थानियले राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । गोलुसहित उनका केहि साथीहरु मिलेर यहाँ घुम्न आएका थिए ।

बैठालाई पक्राउ गरि जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी हिरासतमा राखेर विभत्स हत्याको घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए । घट्नाको सम्बन्धमा सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको प्रहरीले बैठालाई ९ महिनापछि पक्राउ गर्न सफल भएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »