Century Times

जसपा सांसद हसिना खानले लिइन् शपथ

जसपा सांसद हसिना खानले लिइन् शपथ

जनता समाजवादी पार्टी (जसपा)की हसिना खानले प्रतिनिधि सभा सदस्यको शपथ लिएकी छिन्। 

शुक्रबार सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पद तथा गोपनियताको शपथ  गराएका हुन्।

गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी खानलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो।

जसपाकी मञ्जु शर्मा अन्सारीको गत चैत ४ गते निधन भएपछि उक्त पद रिक्त थियो।

अन्सारी पनि जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। रहमानको २०७९ फागुन १३ गते निधन भएको थियो। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »