Century Times

परीक्षा ‘हल’भित्र अमर्यादित व्यवहार गरेको भन्दै तोडफोड

परीक्षा ‘हल’भित्र अमर्यादित व्यवहार गरेको भन्दै तोडफोड

परीक्षा सेन्टरमा अमर्यादित व्यवहार भएको भन्दै वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको परीक्षा सेन्टरमा परीक्षार्थीहरू तोडफोड गरेका छन् ।

पर्सा प्रहरीका डीएसपी केशर न्यौपानेले क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरेको पुष्टि गरे । कलेजका शिक्षकहरूले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरूले तोडफोड गरेको प्रारम्भिक सोधपुछमा बुझिएको उनले बताए ।

उनले अहिले क्याम्पस पूर्णरुपमा प्रहरीको सुरक्षामा रहेको र अवस्था सामान्य भइसकेको बताए  । विभिन्न बहाना बनाएर मानसिक यातना दिएको भन्दै विद्यार्थीहरूले तोडफोड गरेको परीक्षामा सहभागी अरबाज अन्सारी बताए । क्याम्पस प्रशासनले नियतवश टर्चर दिएको उनको भनाई छ ।

उनले भने,‘क्याम्पभित्र प्रवेश गरिसकेपछि हामीहरूलाई अनुगमन गर्ने निहुँमा उत्तर पुस्तिका खोसिदिने, उभ्याइदिने, सबैको अगाडि नाङ्गो पारिदिने जस्ता शब्द बोल्ने गतिविधि भइरहेको थियो । सुरुको दिनदेखि यस्तो व्यवहार भएपछि आज हामी परीक्षा पश्चात् प्रतिकारमा उत्रेका हौँ ।’ 

सोही क्रममा  ढुङ्गामुढामा तथा तोडफोड भएको उनले बताए । डीएसपी न्यौपानेका अनुसार विद्यार्थीहरूले कलेजको एउटा बस, उच्च माध्यमिक शिक्षा परिषद्को गाडी र ३/४ मोटरसाइकलमा तोडफोड गरेका छन् । साथै फर्निचर तथा केही थान मोनिटर पनि तोडफोड भएको पर्सा प्रहरीले जनाएको छ ।

यता हरिखेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस सञ्चालक किशोरी साहले एनआइ कलेजका परीक्षार्थीहरूले बिना कारण तोडफोड गरेको बताए । कसैको उक्साहटमा परेर परीक्षार्थीहरूले तोडफोड गरेको उनको आरोप छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »