Century Times

याे वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो

याे वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुग्यो

चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने भएको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय तथ्याङ्क कार्यालयले आज चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो । जसअनुसार उपभोक्ता मूल्यमा ३ दशमलव ८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३ दशमलव ५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ दशमलव ८ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो । तर बजेटको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्याङ्कबाट अर्थतन्त्रका सूचकाङ्क सकारात्मक नै रहेको सङ्केत गर्ने बताउनुभयो । उहाँले ६ देखि ८ महिनाको तथ्याङ्कलाई आधार लिएर प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

यसैगरी नेपालीको प्रतिव्यक्ति आय औसतमा वार्षिक १ हजार ४ सय ५६ अमेरिकी डलर पुगेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »