Century Times

जन्मकैदको सजाय पाएका लोसपा सांसद शर्मा निलम्बित

जन्मकैदको सजाय पाएका लोसपा सांसद शर्मा निलम्बित

मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो ।

जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय सुनाएको थियो । सजाय पाएको ५ महिनापछि शर्मालाई सांसद पदबाट निलम्बन गरिएको छ ।

प्रदेशसभा सचिव अरुण कुमार झाले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेशसभा कार्य संचालन नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम माननीय सभामुख ज्यूले मिति २०८१।०१।१८ गतेमा निज माननीय अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गर्नु भएकोले यो सूचना सम्बन्धित सवैमा जानकारीको लागि प्रकाशित गरिएको छ ।’

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो ।

Leave a reply

Your email address will not be published.

Translate »