Century Times

मधेशमा योजना खरिद बिक्री भइरहेको जनमतको आरोप

मधेशमा योजना खरिद बिक्री भइरहेको जनमतको आरोप

मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए ।

मधेश प्रदेशसभाको बैठक लामो समयदेखि अवरुद्ध छ । सो विषयमा पनि जनमतको संसदीय दलले छलफल गरेको छ । दलका नेता यादवले भने, ‘लामो समयसम्म सदन अवरुद्ध राख्नु हुँदैन् । सरकार गम्भीर हुनुपर्छ ‌। यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।’

उनले प्रदेशको विभिन्न स्थानमा लागेको आगलागी प्रभावितहरूको तथ्याङ्क सङ्कलन गरी अभिलम्ब ठोस राहत प्याकेज उपलब्ध गराउन र खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गर्ने निर्णय पनि भएको जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »