Century Times

५१९  जना इन्स्पेक्टरको सरुवा

५१९  जना इन्स्पेक्टरको सरुवा

प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनु कुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ । 

सुरज खत्रीलाई कपिलवस्तु स्थित इलाका प्रहरी कार्यालय कृष्णनगरमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय निजगढमा सुमित कुशवाहा र सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा सुजन पाठकलाई पठाइएको छ । 

धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा सिताराम विष्टलाई सरुवा गरिएको छ ।

को कहाँ पुगे?

https://drive.google.com/file/d/1qW_zKen-XORgEcBMmiE5CkEEM-95ENae/preview

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »