Century Times

हुन्डाई गाडीको एसेम्बल अब नेपालमै हुने, प्रधानमन्त्रीद्वारा प्लान्टको उद्घाटन

हुन्डाई गाडीको एसेम्बल अब नेपालमै हुने, प्रधानमन्त्रीद्वारा प्लान्टको उद्घाटन

 दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रामग्राम परासीमा रहेको प्लान्टको उद्घाटन गर्नुभयो ।

दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षको अवसर पारेर प्लान्ट उद्घाटन गरिएको हो । कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा औद्योगिक वातावरणका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो । श्रेष्ठकाअनुसार प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता पाँच हजार चार सय थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी प्लान्टमा नरहेको उहाँको भनाइ छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »