Century Times

डा. गोविन्द केसीले सुरू गरे बाइसौं सत्याग्रह

डा. गोविन्द केसीले सुरू गरे बाइसौं सत्याग्रह

डाक्टर गोविन्द केसीले शनिबारदेखि बाइसौं सत्याग्रह सुरू गरेका छन्।

विभिन्न चार माग राखेर शनिबार अपराह्न ४ बजेदेखि उनले सत्याग्रह सुरू गरेका हुन्। ‘अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ वैशाख २९ गते ४ बजेदेखि बाइसौं सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौं,’ पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्।

यस्ता छन् मागहरू:-

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा। निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।

२. सबै नेपालीलाई गुणस्तरीय साथै नि:शुल्क औषधि उपचारको व्यवस्था गरियोस्।

३.जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा  सुधार र सबैको समान पहुँच सम्बन्धी – गेटामा तुरून्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज /प्रतिष्ठान तुरून्त निर्माण गर्न, विश्वविद्यालय र  स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरून्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न र,

४. कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »