Century Times

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ ।

लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । व्यथा सुरु भएपछि शनिवार मध्यरातमा अनितालाई अस्पताल लगिएको थियो । आइतबार करिब ११ बजे शल्यक्रिया मार्फत सुत्केरी गराइयो । बच्चा सकुशल छन् । तर आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित हुँदै तोडफोडमा उत्रेका थिए ।

मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरू तोडफोडमा उत्रेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अवस्था सामान्य बनेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »