Century Times

दुर्गा प्रसाईंका समर्थकले जनकपुरधामको एभरेष्ट बैंकमा लगाए ताला

दुर्गा प्रसाईंका समर्थकले जनकपुरधामको एभरेष्ट बैंकमा लगाए ताला

राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले जनकपुरधाममा बैंक तथा वित्तिय संस्थाबिरुद्धको आन्दोलनलाई तीव्र बनाएको छ ।

आन्दोलनको क्रममा अभियानले सोमबार जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेको छ भने ज्योती विकास बैंकमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको छ । ज्योती विकास बैंकमा तालाबन्दी गर्न खोज्दा आन्दोलनकारी तथा प्रहरी बिच केही बेर घम्साघम्सी भएको थियो ।

बर्दियामा बैंकबाट लिएको ऋणको चर्को ब्याज खेप्न नसकेर एक जनाले आत्महत्या गरेपछि अभियानले देशव्यापी रुपमा बैंक तथा वित्तिय संस्था बिरुद्ध आन्दोलन गर्दै आईरहेको छ ।
बर्दियाका खुशीराम चौधरीले एभरेष्ट बैंक तथा ज्योती विकास बैंकबाट ब्याज लिएका थिए । सोही बैंकहरुको ब्याजको पीडा खेप्न नसकेर आत्महत्या गरेपछि अभियान आन्दोलित भएको हो ।

अभियानको जनकपुरधाम अञ्चलका संयोजक सुरेन्द्रमणि शर्माको अगुवाईमा बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिएर चर्को ब्याजको पीडा खेपीरहेका पीडितहरुले जनकपुरधामस्थित ज्योती विकास बैंक र एभरेष्ट बैंकको कार्यालयमा पुगेर मृतक चौधरीको तस्वीर टास्नुका साथै बिरोध प्रदर्शन गरेका हुन् । एभरेष्ट बैंकमा अभियानले तालाबन्दी गरेको थियो भने ज्योती विकास बैंकमा प्रहरीको अवरोधका कारण तालाबन्दी गर्न सकेनन् । ज्योती विकास बैंक अगाडी प्रहरी र आन्दोलनकारी बिच घम्साघम्सी भएको थियो ।

अभियानका संयोजक शर्माले बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजको नाममा मारिरहेकाले आफूहरुलाई बैंक तथा वित्तिय संस्थाहरुको अन्याय बिरुद्ध उतरिनु परेको बताए । उनले भने ‘ऋणीहरुले समय मात्रै मागी रहेका छन्, पैसा दिन्नौँ भनेका छैनन् तर दिनहुँ बैंकले दिने गरेको तनावका कारण निर्दोषले ज्यान गुमाउनु परिरहेको छ ।’ यो अन्याय बिरुद्ध त कसैले बोल्नै पर्छ ।’ त्यसैले हामी बैंक तथा वित्तिय संस्थाहरुको अन्याय बिरुद्ध उतरिएका हौँ । अब बैंकले जे व्यवहार आम जनतासंग गर्छ त्यही व्यवहार हामी पनि बैंक संग गर्न तयार रहेको उनले चेतावनी दिए ।

प्रदर्शनको क्रममा पीडितहरुले यस्तो बैंक चाहिदैन, निर्दोष मार्न पाइदैन लगायतका नारा लगाएका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »