Century Times

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

दुई जना न्यायाधीशको इजलासले मुद्दाको सुनुवाइ गर्दै केजरीवाललाई अन्तरिम जमानत दिएको बीबीसी हिन्दीले जनाएको छ । सर्वाेच्चले यो विषयमा अझै केही बिषयहरु बाँकी रहेको भन्दै पूर्ण इजलासमा पठाएको खबरमा उल्लेख छ ।

अन्तरिम जमानत पाए पनि केजरीवाल जेलबाहिर आउन भने पाउने छैनन् । सर्वाेच्चले उनलाई ईडीको तर्फबाट गरिएको पक्राउको विषयमा अन्तरिम जमानत दिएको हो । केजरीवाललाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले पक्राउ गरेको छ । केजरीवालले सीबीआईले गरेको पक्राउलाई लिएर दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । यो विषयमा यहि जुलाई १७ तारिखमा सुनुवाइ हुँदैछ ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा केजरीवाललाई ईडीले गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो । पहिले उच्च अदालतमा पुगेको यो विषय त्यहाँबाट खारेज भएपछि सर्वाेच्च अदालतमा पुगेको थियो ।

यसअघि लोकसभा चुनावका क्रममा प्रचारका लागि सर्वाेच्चले २१ दिनका लागि अन्तरिम जमानत दिएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »