Century Times

आईपीएल : वर्षाका कारण गुजरात र कोलकाताको खेल रद्द, गुजरात  प्रतियोगिताबाट बाहिरियो

आईपीएल : वर्षाका कारण गुजरात र कोलकाताको खेल रद्द, गुजरात  प्रतियोगिताबाट बाहिरियो

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ ।

लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् ।

यो सँगै गुजरात शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातले १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अङ्क जोडेको थियो ।

कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अङ्क भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »