Century Times

होर्डिङ बोर्ड खसेर ४ जनाको ज्यान गयो, ५४ जना घाइते

होर्डिङ बोर्ड खसेर ४ जनाको ज्यान गयो, ५४ जना घाइते

भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाले गएराति होर्डिङ बोर्ड खसेर लाग्दा चार जनाको ज्यान गएको छ । अरु  ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ बोर्ड खसेको थियो ।

घटनास्थलमा राति अबेरसम्म उद्धार र राहतको काम भएको बीबीसी हिन्दीले जनाएको छ । भाजपाका पूर्व सांसद किरिट सोमैयाले खसेको होर्डिङ बोर्ड अवैध रहेको भन्दै यसलाई हटाउन आफूले अस्ति आइतवार मात्रै आदेश दिएको बताउनुभएको छ ।

दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेट्नुभएको खबरमा उल्लेख छ । बेमौसमी वर्षा र हावाहुरीका कारण मुम्बईबाट उडान अवतरण पनि प्रभावित भएको थियो भने मेट्रो पनि केही समय बन्द गर्नु परेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »