Century Times

आईपीएल : दिल्लीले लखनउलाई १९ रनले हरायो

आईपीएल : दिल्लीले लखनउलाई १९ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई  १९ रन हराएको हो ।  दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।

लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । दिल्लीका ईशान्त शर्माले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । उसका अभिषेक पोरेलले  सर्वाधिक ५८ रन बनाए  । लखनउका नवीन उल हकले २ विकेट लिए ।

यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्ली १४ खेलमा १४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । लखनउ १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स् खेल्दैछन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »