Century Times

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाकाे एक लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार चार सय रुपैयाँ रहेको थियो ।

पछिल्ला केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । हिजो सुनको भाउ सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »