Century Times

सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि निकालेको मूल्य सूचीअनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाँ बढी हो।

स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्म एक लाख ४० हजार पुगेको थिएन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

गत वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै धेरै एक लाख ३९ हजार तीन सय पुगेको थियो। आज यो रेकर्ड तोडिएको हो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »