नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कैलाश सिरोहियामाथि लगाइएको आरोप निराधार भएको बताउनुभएको छ ।
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको बताउनुभएको हो । सरकारले तत्काल सिरोहियालाई रिहाइ गर्न उहाले माग गर्नुभयो । गृहमन्त्रीको दुईवटा नागरिकता रहदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उहाले अहिले सिरोहियामाथि सोहि आरोप लगाइनु गलत भएको धारणा राख्नुभयो । उहाले प्रशासनको कमजोरीका कारण नागरिकताको व्यहोरा फरक रहन गएको भन्दै कुनै हालतमा किर्ते नभएको दावी गर्नुभयो । सहकारी प्रकरणमा छानविन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको उहाले बताउनुभयो । निधिले सरकार राज्यलाई कव्जा गर्ने नीतिका साथ अघि बढेको भन्दै शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने जानकारी दिनुभयो ।
कैलाश सिरोहियालाई भेट्न नेता नीधि जनकपुर पुग्नुभएको हो ।
Century Times
