Century Times

मोसम अपडेट : कोशी र मधेश प्रदेशमा हल्का वर्षा

मोसम अपडेट : कोशी र मधेश प्रदेशमा हल्का वर्षा

कोशी र मधेश प्रदेशका एक, दुई ठाउँमा बिहान हल्का पानी परेको छ ।

दिउँसो कोशी, मधेश प्रदेशलगायत पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक दुई ठाउँमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै ठाउँहरुमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

अहिले स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »