कम हुँदै गएको भनिएको कोरोना भाइरसका नयाँ छ सब–भेरियन्ट नेपालमा देखिएका छन् ।
नयाँ सब–भेरियन्ट केपी १, केपी २, केपी ३ र केपी ४ देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले गरेको नियमित जिन सिक्वेन्सिङका क्रममा ती सब–भेरियन्ट पुष्टि भएका हुन् ।
गत जेठ २ गते संकलित ४२ नमूना परीक्षणमा १२ वटामा केपी १ सब भेरियन्ट देखिएको छ । त्यस्तै १७ जनामा केपी २ सब भेरियन्ट तथा समान एक जनामा केपी ३ र केपी ४ सब भेरियन्ट पुष्टि भएको एनपीएचएलले जानकारी दिएको छ ।
कोरोनाका छ सब भेरियन्ट देखिएकामा बाँकी दुई सब भेरियन्टमा जेएन १ र बीए २ हुन् । छ ओटै सब भेरियन्ट ओमिक्रोन समूहका रहेको पनि एनपीएचएलले जनाएको छ ।