Century Times

सिरोहियालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

सिरोहियालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । उनलाई काब्या अस्पतालका चिकित्सकले उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजान रेफर गरेका थिए । चिकित्सकको सिफारिस अनुसार अहिले सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । 

प्रहरी हिरासतमै रहँदा उच्चरक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनी जनकपुरधामस्थित काब्या अस्पतालमा भर्ना भएका थिए ।

चिकित्सकले पनि काठमाडौं लैजान भनेपछि अहिले जिल्ला प्रहरी कार्यालयले आवश्यक कानुनी परामर्शका लागि छलफल गरेको थियो । त्यसपछि हेलिकोप्टर झिकाएर सिरोहियालाई ललितपुर लगिएको हो ।

सोमबार तेस्रो पटक म्याद थपका क्रममा पनि धनुषा जिल्ला अदालतले आवश्यक परेमा उपचारका लागि डाक्टरकहाँ लैजान आदेश दिएको थियो ।

अदालतले मंगलबारको आदेशमा स्वास्थ्य उपचार गर्न पाउने कुरा रोक्न नहुने जनाउँदै सुविधायुक्त ठाउँमा लैजाने गरी बाटो खोलिदिएको थियो ।

त्यहीअनुसार काब्या अस्पतालका चिकित्सकले पनि सिरोहियाला उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »