Century Times

बर्दिबासको मेयरमा कांग्रेसबाट दुई जनाले टिकट पाएपछि…..

बर्दिबासको मेयरमा कांग्रेसबाट दुई जनाले टिकट पाएपछि…..

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी दाहाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न गएका थिए ।

तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले दाहाल आधिकारिक उम्मेद्‍वार भएको पत्र पठाएका थिए ।

त्यसपछि आयोगले दाहाललाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको छ ।

टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »