Century Times

सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा

सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ।

यही जुनमा हुन लागेको टी-२० विश्वकप क्रिकेट खेल्न प्रशिक्षणरत उनलाई अमेरिकी दूतावासले अन्तरर्वातामा बोलाएर दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसबेला  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको बताएका थिए ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा थियो । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अहिले नेपाली टोली अभ्यास म्याचमा ब्यस्त छ ।

बिहीबार मात्रै टियु क्रिकेट मैदानमा प्रशिक्षणरत सन्दीपलाई खेलकुद मन्त्री विराजभक्त महर्जनले भेटेर भिसाका लागि सक्दो पहल गरिदिने आश्वासन दिएका थिए । जेठ ९ मा भिसा रिजेक्ट हुँदा पनि नेपाल क्रिकेट संघ (क्यान) सहितले सन्दीपका लागि पहल गरेका थिए ।

केही सांसद र मन्त्रीहरूले पनि सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासलाई आग्रह गरेका थिए । यस्तोमा बिहीबार अन्तर्वार्तामा बोलाएर सन्दीपलाई दोस्रो पटक पनि भिसा नदिई निराश बनाएको हो ।

यसअघि अमेरिकी दूतावासले सन् २०१९ मा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन् २०१९ मा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि बोलाएर भिसा दिइएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »