Century Times

भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरण अर्थात् सातौँ चरणको मतदान हुँदैछ ।

लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेदेखि मतदान शुरु हुन लागेको हो । अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३/१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ चन्दीगढको एक स्थानमा मतदान हुनेछ ।

सातौँ चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसै चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि मतदान हुँदैछ । कांग्रेसबाट मोदीको प्रतिस्पर्धामा अजय राजय हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का मोदी वाराणसी क्षेत्रबाट तेस्रो पटक चुनावमा उठ्नुभएको हो ।

लोकसभा अन्तर्गत यसअघि ६ चरणको मतदान सम्पन्न भएको छ । गएको अप्रिल १९ तारिखदेखि मतदान शुरु भएको थियो । सबै मतदान पुरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जुन ४ तारिख अर्थात् आउँदो मङ्गलवारसम्म परिणाम घोषणा गर्ने तयारी छ । लोकसभाको ५ सय ४३ सदस्यका लागि विभिन्न चरणमा गरि चुनाव भएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »