Century Times

हुलाकी सडकको मुआब्जा नपाएपछि अनिश्चितकालीन रिले अनसन सुरु

हुलाकी सडकको मुआब्जा नपाएपछि अनिश्चितकालीन रिले अनसन सुरु

हुलाकी सडकले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाएको भन्दै बाराका स्थानीयले रिले अनसन सुरु गरेका छन् । पीडितहरूले मंगलबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन रिले अनसन सुरु गरेका हुन् ।

तामागढी–सिम्रौनगढ हुलाकी सडकले बारा–१ को जग्गा अधिग्रहण गरी मुआब्जा भने नदिएको मुआब्जा संघर्ष समितिको आरोप छ । पीडितहरूले पटक–पटक आन्दोलन र अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको समितिको भनाई छ ।

तामागढी–सिम्रौनगढ हुलाकी सडक २०७८ चैत १८ गते सम्पन्न भएको थियो । ३९.७५ किलोमिटर सडक निर्माणका क्रममा सडक विस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »