Century Times

केजरीवाललाई अझै १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

केजरीवाललाई अझै १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

मदिरा बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोप लागेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै जेलमै बस्नुपर्ने भएको छ।

दिल्लीको राउज एभेन्यु कोर्टले बुधबार केजरीवाललाई अझै १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको भारतीय समाचार संस्था हिन्दुस्तानले उल्लेख गरेको छ। साथै केजरीवाललाई अन्तरिम जमानतमा छाड्न पनि अस्वीकार गरेको छ। केजरीवालले स्वास्थ्यको कारण देखाउँदै अन्तरिम जमानत माग गरेका थिए।

यस सम्बन्धी मुद्दामा जुन ७ मा फेरि सुनुवाइ हुनेछ।

२१ दिनका लागि जेलबाहिर आएका केजरीवाल जेठ २० गते पुन: तिहाड जेलमा फर्किएका थिए। यसअघि दिल्लीको राउज एभेन्यु कोर्टले उनलाई जुन ५ तारिखसम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो।

भारतको सर्वोच्च अदालतले गत मे १० तारिखमा केजरीवाललाई आमनिर्वाचन सम्मका लागि अन्तरिम जमानतमा छाड्न अनुमति दिएको थियो। २१ दिन अर्थात जुन १ तारिख सम्मका लागि सर्वोच्चले जमानत दिएको थियो। जुन २ तारिखमा आत्मसमर्पण गर्नुपर्ने भनिएको थियो।

केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »