Century Times

जेठ २८ लाई विश्वासको मत सार्ने मुख्यमन्त्रीको तयारी

जेठ २८ लाई विश्वासको मत सार्ने मुख्यमन्त्रीको तयारी

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले ‘बिरामी’ भएको भन्दै जेठ २८ लाई विश्वासको मतको कार्यसूची सार्न लगाउने तयारी गरेका छन् । जसपा नेपाल संसदीय दलले सभामुखलाई उक्त जानकारी गराएको छ ।

मुख्यमन्त्री यादवले बिरामी परेको भन्दै कार्यसूची सार्न सभामुखलाई रामचन्द्र मण्डललाई पत्र पठाएर आग्रह गरेका थिए । सभामुख मण्डल कार्यसूची सार्ने/नसार्ने विषयमा परामर्शमा छन् । प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजे विश्वासको मतसमेतको कार्यसूची राखेर बैठकको सम्भावित सूची सार्वजनिक गरिसकेको छ । तर, अन्तिम समयमा मुख्यमन्त्री पछि हटेपछि अब के गर्ने निर्णय सभामुखले गर्न बाँकी छ ।

जसपा नेपाल प्रमुख सचेतक रामआशिष यादवले सभामुखलाई मुख्यमन्त्री यादवले अब जेठ २८ मा विश्वासको मत लिने जानकारी गराइसकेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र वैशाख ३० मा सरकारबाट बाहिरिएसँगै समर्थन फिर्ता लिइसकेको छ ।

प्रतिपक्षी गठबन्ध दलहरूले भने मुख्यमन्त्री यादव स्वत: पदमुक्त भइसकेको दाबी गरेका छन् । जनमत पार्टीका नेता बीपी साहले जेठ २२ गते मध्यराति नै मुख्यमन्त्री यादव पदमुक्त भएको जिकिर गरे । उनले भने, ‘बैशाख २२ मा जसपा नेपाल विभाजन भयो । दल विभाजन भएपछि पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, विश्वासको मत लिएनन् । त्यसैले कानूनत: उहाँले पद गुमाइसक्नुभयो ।’

मुख्यमन्त्री यादव स्वत: पदमुक्त भइसकेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई भेटेर आग्रह गरेको साहले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »