Century Times

मौसम अपडेट : केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम अपडेट : केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र कोशी प्रदेशका एक–दुई ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गएराति र बिहान काठमाण्डौसहित बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको थियो ।

भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »