Century Times

मौसम अपडेट : आज मधेसमा हावाहुरी, कोसी, बागमती र गण्डकीमा वर्षा हुने

मौसम अपडेट : आज मधेसमा हावाहुरी, कोसी, बागमती र गण्डकीमा वर्षा हुने

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार (आज) बिहान देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसाे मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ। 

आज राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका थोरै स्थानमा तथा बान्की प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »