जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको बताउनुभएको छ । । जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गरेका छन् ।
उहाँले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताउनुभयो । उहाँले केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइटाउनुलाई विभाजन भन्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका बताउनुभयो । अध्यक्ष यादवले निर्वाचन आयोगलाई समेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताउनुभयो । अध्यक्ष यादवले आगमी दिनमा सङ्घीयता तथा समावेशिता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताउनुभयो ।
महाधिवेशनको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष यादवले महाधिवेशनमा देशका ७७ जिल्लाबाट १ हजार ३ सय प्रतिनिधि आउने जानकारी दिनुभयो । जनकपुरधाममा जेठ २८ गतेदेखि शुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको उनले जानकारी दिए ।
Century Times
