Century Times

रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाएका छन् ।

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री महासेठलाई दिइएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेपछि प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री महासेठलाई तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »