Century Times

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। बुधबार डलर हालसम्मकै महँगो भएको छ।

बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०१ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत वैशाख ३० गते डलरको भाउ १३३ रूपैयाँ ९७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ४ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ १९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १७० रूपैयाँ ७३ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ९७ पैसा र बिक्रीमा ८८ रूपैयाँ ३७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रूपैयाँ २५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४८ पैसा तोकिएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »