जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुन लागेको छ । नेतृत्वमा पुग्नका लागि उम्मेदवारहरुले उम्मेदवारी समेत दर्ता गराएका छन् । सोही क्रममा अशोक टेमानीले जसपा नेपालको अल्पसंख्यक तर्फ केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेस विकासलागि मुखरित रुपमा आवाज उठाउने उद्देश्यले उम्मेदवारी दिएको टेमानीले बताए । टेमानी व्यवसायिक जगतमा सफल नाम हुन् । उनले मधेसको आर्थिक समुन्नतिका लागि व्यापार व्यवसायमा लागेर मात्र नभई राजनीतिक रुपमा समेत सबल हुनु पर्ने आवश्यक्तालाई देखेर उम्मेदवारी दिएको स्पष्ट गरे ।
मधेसका मुद्दाहरु पछिल्लो समय ओझेल पर्दै गईरहेका छन्, उनले भने ‘आर्थिक रुपमा समेत मधेस पछाडी परेको छ, यसका लागि राजनीतिक रुपमा समेत सबल हुनु आवश्यक छ ।’ आफू नेतृत्वमा आए मधेसको अर्थका कुरा, अर्थको इण्डिकेटर, उद्योग, पर्यटन लगायतका विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । यी विषयहरु राजनीतिक रुपमा सबल भए मात्रै पूरा हुने मेरो ठम्याई रहेको उनको भनाई छ ।
नेतृत्वमा आए मेरो भूमिका पार्टीलाई सुदृढिकरण गर्ने हुन्छ र मधेसको विकास प्रमुख एजेण्डा हुनेछ । मधेसको चौतर्फी विकासका लागि आफू अहोरात्र खट्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
Century Times
