Century Times

कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा तीन जना नेपाली घाइते

कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा तीन जना नेपाली घाइते

 कुवेतको मङ्गाफमा रहेको श्रमिक क्याम्पमा हिजो भएको आगलागीमा तीन जना नेपाली घाइते भएका छन् । त्यो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएका र दुई जना सुरक्षित रहेका कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार आगलागीबाट शिवशंकर पासवान, दोर्जे लामा र दिनेशकुमार मण्डल सामान्य घाइते भएका हुन् । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले घाइते भएका नेपाली श्रमिकको विषयमा जानकारी लिनुभएको छ ।

हिजो नेपाली दूतावासमा सम्पर्क गरेर मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको विषयमा जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आप्रवासी कामदार बस्ने क्याम्पमा भएको आगलागीमा अरु देशका ४१ जनाको ज्यान गएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »