Century Times

११ वटा वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

११ वटा वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

असारका लागि अधिकांश बाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ वटा वाणिज्य बैंकले जेठको तुलनामा असारमा ब्याज घटाएका छन् भने २ वटाले बढाएका छन्। बाँकी ५ वटा बैंकले भने पुरानै ब्याज यथावत् राखेका छन्।

जसमा व्यक्तिगत निक्षेपतर्फ ग्लोबल आइएमई बैंकले १ प्रतिशतले ब्याजदर घटाउँदा एभरेष्ट बैंकले ०.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.१८ प्रतिशत, नेपाल एसबीआई बैंकले ०.०९ प्रतिशत, लक्ष्मी सनराईले ०.५ प्रतिशतले ब्याज घटाएका हुन्। 

त्यस्तै, प्राइम बैंकले ०.२५ प्रतिशतले ब्याज घटाउँदा कुमारी बैंकले ०.५ प्रतिशत, सानिमा बैंक र सिटिजन्स बैंकले ०.१ प्रतिशतले ब्याज घटाएका हुन्।

हिमालयन बैंकले जेठको तुलनामा असारमा ०.७५ प्रतिशतले ब्याज घटाउँदा नबिल र माछापुच्छ्रेले भने ०.२५ प्रतिशतले बढाएका छन्। 

असारका लागि वाणिज्य बैंकहरूले औसतमा ब्याजदर ६.९६ प्रतिशतमा कायम राखेका छन्।

कुन बैंकको ब्याजदर कति? (व्यक्तिगततर्फ)
हिमालयन बैंक– ८.२५ प्रतिशत
एनआइसी एसिया बैंक– ७.६९ प्रतिशत 
एनएमबी बैंक– ७.६९ प्रतिशत 
माछापुच्छ्रे बैंक– ७.७५ प्रतिशत
प्रभु बैंक– ७.५० प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक– ७.२२ प्रतिशत
लक्ष्मी सनराइज बैंक– ७ प्रतिशत 
नबिल बैंक– ७ प्रतिशत 
स्ट्यान्डर्ड चार्टर्ड बैंक– ७ प्रतिशत
नेपाल इन्भेस्टमेन्ट बैंक– ७ प्रतिशत
सिद्धार्थ बैंक– ७ प्रतिशत
सिटिजन्स् बैंक– ६.९० प्रतिशत
सानिमा बैंक– ६.८० प्रतिशत
कुमारी बैंक– ६.७६ प्रतिशत
नेपाल बैंक– ६.७५ प्रतिशत
प्राइम कमर्सियल बैंक– ६.७५ प्रतिशत
ग्लोबल आइएमई बैंक– ६.५० प्रतिशत
नेपाल एसबिआई बैंक– ६.३ प्रतिशत
कृषि विकास बैंक– ५.६६ प्रतिशत
एभरेष्ट बैंक– ५.७५ प्रतिशत

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »