Century Times

सीमा समस्या समाधान गर्न मोदीसँग गम्भीर रूपले कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

सीमा समस्या समाधान गर्न मोदीसँग गम्भीर रूपले कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवादको समस्या समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले छलफल गरेको बताएका छन् ।

हेटौंडा सवस्टेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वार्ता र संवादमार्फत् सीमाको समस्या समाधान गर्ने उनले सुनाए । दाहालले भने, ‘भारतका प्रधानमन्त्रीसँग पञ्चेश्वरलगायत अन्य जलविद्युत आयोजनासँग सम्बन्धित कयौं महत्वपूर्ण छलफल गरेको छु । मैले सीमाको समस्या समाधान गर्न, व्यापारको विषयमा दुई पक्षकै मेकानिजमलाई सक्रिय बनाएर वार्ता र संवादमार्फत् समस्या समाधान गर्न गम्भीर रूपले राखेको छ ।’

प्रधानमन्त्रीले भारतको बाटो भएर बंगलादेशमा विद्युत निर्यातको प्रक्रिया समेत अघि बढिसकेको बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »