Century Times

देशका ३२ स्थानमा भारी वर्षा र बाढीको ‘अलर्ट’

देशका ३२ स्थानमा भारी वर्षा र बाढीको ‘अलर्ट’

बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले ३२ स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहान ११ बजेसम्म राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जारी गरेको सतर्कता अनुसार यी ठाउँहरूमा भारी वर्षा भइरहेको सतर्कता अपनाउन भनिएको छ । 

यी स्थानहरुमा भारी वर्षा र बाढीको सम्भावना

माडी–चितवन , नेचासल्यान–सोलुखुम्बु, रैनादेवी छहरा–७ पाल्पा, चौदण्डीगढी–५, उदयपुर , शिवसताक्षी–१०, झापा , कचनाकवल–४, झापा, लहान–१५, सिरहा, बेसीशहर–१०, लमजुङ, पोखरा लेखनाथ–१४, कास्की, बेसीशहर–१०, लमजुङ, धरान–१५, सुनसरी, सुन्दरहरैँचा–१, मोरङ, विर्तामोड–५, झापा, बेलका–८, उदयपुर, यस्तै दुहवी–३ सुनसरीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान ८ः ४५ बजेसम्मको आँकडा अनुसार सबैभन्दा धेरै विराटनगरमा ३६१ मिलिमिटर, पोखरामा १४० दशमलव ९ मिलिमिटर वर्षा भएको छ । 

त्यसपछि ओखलढुङ्गामा ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ३१ दशमलव ८ मिलिमिटर, धनकुटामा ६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ४ दशमलव ४ मिलिमिटर, धनगढीमा ६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । अन्य स्थानमा छिटपुट रूपमा वर्षा भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »