Century Times

विपदका घटनामा हिजो मात्रै १४ जनाको मृत्यु, आज पनि केही ठाउँमा ठूलो वर्षा,

विपदका घटनामा हिजो मात्रै १४ जनाको मृत्यु, आज पनि केही ठाउँमा ठूलो वर्षा,

देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै अछामको मंगलसेनमा ८७ दशमलव ६ मिलिमिटर पानी परेको छ । मंगलसेन र दैलेखको डण्डामा ठूलो पानी परेकाले त्यस क्षेत्र आसपासका खोलानालामा बाढी आउने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यस्तै सुनसरीको सुनसरी खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्म नै मनसुनी वायु सक्रिय भएकाले धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङमा बाढी आउने गरी पानी परेको थियो । आज पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिजो मात्रै विभिन्न जिल्लामा ४४ वटा विपदजन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १४ जनाको ज्यान गएको छ । दुई जना बेपत्ता छन् ।

प्राधिकरणका प्रवक्ता उपसचिव डाक्टर डिजन भट्टराईले घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार पहिरोबाट आठ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् । एक जना घाइते छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »