Century Times

महोत्तरीमा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ

महोत्तरीमा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ

महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाल धनुषाको सबैला नगरपालिका  ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका -२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् ।

गत जेठ २८ गते गौशाला नगरपालिका ५  मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने बिनय कुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री  लुटपाट भएको थियो । घटना महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोलि र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

दुबैजनालाई महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको छ । दुबैजना जेलाट छुटेका साथी रहेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।

दुबैजना  १. प्र.२-००९ प २८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।  उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।

घटना पश्चात् शशि शंकर कापर र आशिषले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका ६ रतौली स्थित खेत्तमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ ।

पक्राउ परेका शशीसंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० बर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएको छ ।
आशिष भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए ।

शशीशंकर र आशिषसहित लुटपाटका विभिन्न अपराधीक घटनामा संलग्न यसै गिरोहका अन्य तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »