Century Times

सप्तकोशीमा बाढी, खोलियो ५६ वटै ढोका

सप्तकोशीमा बाढी, खोलियो ५६ वटै ढोका

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।

शनिबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ।

बिहान ६ बजे ४६ वटा ढोका खोलिएको थियो। लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो।

सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ।

सप्तकोशीमा गत वर्ष पानीको बहाव ४ लाख ४० हजार क्यूसेक पुगेर ३४ वर्षयताकै उच्च तहमा पुगेको थियो।

यसअघि विस १९८९ मा सप्तकोशीको बहाव ४ लाख ७२ हजार क्यूसेक पुगेको थियो।

त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »