प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ।
अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३ मत मात्रै पर्यो भने विपक्षमा १९४ मत परेको सभामुखले घोषणा गरे। मत दिन्न भन्नेमा एक मत पर्यो। प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित थिए।
विश्वासको मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् भने नयाँ सरकार गठनको बाटो खुलेको छ।
पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न नसकेपछि डेढ वर्षमै प्रचण्ड सरकार ढलेको हो।
Century Times
