Century Times

एमालेले टुंगो लगायो ८ मन्त्रीको नाम (सूचीसहित)

एमालेले टुंगो लगायो ८ मन्त्रीको नाम (सूचीसहित)

: नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो।

एमालेले एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ। 

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ।  यो सूचीमा केही हेरफेर हुन सक्ने एमालेका एक पदाधिकारीले बताए। 

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे मन्त्रीसहित सपथ लिने तयारी गरेका छन्।​ 

गएराति बालकोटमा भएको छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए। त्यसअघि प्रधानमन्त्री ओलीले पुर्वराष्ट्रपति विद्या भण्डारीसँग पनि भेट गरेका थिए। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »