Century Times

मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते

मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते

रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा झडप भएको छ । सोक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा धकेलाधकेल भएको थियो । केही युवाले उच्छृंखल गतिविधि गरेपछि प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए । सोही क्रममा ढुंगा हानिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका छन् । घटना हिजो साँझ भएको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायरसम्म गर्‍यो ।

नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए । ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »